तस्वीर- नेपाली सेना

औषधी/उपचार

सेनाद्वारा सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार

By खबरहब

February 28, 2023

काठमाडौँ- नेपाली सेनाले सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार गरेको छ ।

नेपाली सेनाका अनुसार गत माघ १४ देखी फागुन १३ गतेसम सर्प र बिच्छीले टोेकेका ५२ जनाको उपचार गरिएको हो ।

जसअनुसार पुर्वी पृतनाले सबैभन्दा बढी २२ जनाको उपचार गरेको छ भने मध्य पुर्वी पृतनाले १५, मध्य पश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले १ र सुदुरपश्चिम पृतनाले १ जना गरी ५२ जनाको उपचार गरेको हो ।