अपराध

सुनसरीमा २ सय ५८ केजी गाँजा बोकेको भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

By खबरहब

February 28, 2023

काठमाडौँ- सुनसरीमा सशस्त्र प्रहरीले २ सय ५८ केजी गाँजा बोकेको गाडी बरामद गरेको छ । सशस्त्रले जिल्लाको हरिनगर गाउँपालिकाको भित्री सडकमा भारतीय नम्बर प्लेटको गाडी बरामद गरेको हो ।

बीआर १ एके ६१०० नम्बरको स्कारपियो गाडीमा २ सय ८५ किलो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । गाडीका चालकको खोजी कार्य जारी रहेको छ ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा भारतीय स्कोपिरियोमा रहेका सवारी चालक सो गाडी रोक्नेबित्तिकै भागेको जनाइएको छ ।

सशस्त्रका अनुसार उक्त गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।