सांकेतिक तस्बिर

अपराध

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

By खबरहब

February 28, 2023

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक पनौति नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ मा बस्ने ५८ वर्षीय रविभक्त सौंजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।