सांकेतिक तस्बिर

देश/प्रदेश

सिरहामा ३ किलो गाँजासहित २ जना पक्राउ

By खबरहब

February 28, 2023

काठमाडौँ- सिरहामा ३ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । प्रहरीले गोलबजार नगरपालिका–१ गागन खोलाबाट अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका–३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् ।

प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।