सांकेतिक तस्बिर

समाचार

भिरबाट लडेर बालिकाको मृत्यु

By खबरहब

February 28, 2023

बागलुङ – बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको आज भिरबाट लडेर ज्यान गएको हो ।

मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ ।