समाचार

आठ केजी गाँजा लुकाई राख्ने धरानबाट एक जना पक्राउ

By खबरहब

February 28, 2023

सुनसरी– धरान उपमहानगरपालिकावाट ८ किलो गाँजासहित एक पक्राउ परेका छन ।धरान उपमहानगरपालिका– ६ पार्वतीमार्ग डेरा गरी बस्ने धनकुटा साँघुरीगढी गाउँपालिका–३ का ५० वर्षीय लाल बहादुर लिम्वुलाई अवैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र र इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनलाई कोठामा लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । उनी माथी थप छानबिन भईरहेको प्रहरीले जनाएको छ ।