देश/प्रदेश

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

By खबरहब

March 28, 2023

काठमाडौँ- ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

ललितपुरको महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृतकका ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन् । सृजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु सवार उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।