तस्वीर- आईस्टक

अन्तर्राष्ट्रिय

रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने

By खबरहब

March 28, 2023

काठमाडौँ- रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने भएको छ । रुसका उपविदेशमन्त्री येभगेनी इभानोभलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले भारतसहित ६ देशका नागरिकलाई रुस प्रवेशका लागि सहज बनाउने गरी भिसा प्रणालीमा सुधार गर्ने तयारी भइरहेको छ ।

यसका लागि रुसले भारतसहित अंगोला, भियतनाम, इन्डोनेसिया, सिरिया र फिलिपिन्सका नागरिकलाई पनि मुलुक प्रवेश गर्न सहज बनाउन लागि भिसा प्रणालीलाई सुधार गर्ने बताइएको छ ।

यसअघि उपविदेशमन्त्री इभानोभले बहराइन, ओमान, साउदी अरब, बहामास, बार्बाडोस, हाइटी, जाम्बिया, कुवेत, मलेसिया, मेक्सिको, ट्रिनिडाड र टोबागोलगायत ११ देशसँग रुसले भिसामुक्त यात्रा सम्झौतामा काम गरिरहेको जनाएका थिए ।

युक्रेनमाथि आक्रमण गरेपछि पछिल्लो समय पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्धको घोषणा गरेका छन् । यस्तो अवस्थामा रुसले विभिन्न देशसँग भिसा प्रणाली सहज बनाउने तयारी गरेको हो ।