राजनीति

सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

By खबरहब

March 28, 2023

काठमाडौँ- सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् ।

बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले उक्त मस्यौदामा बुधबार छलफल हुने बताए । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको र भोलि त्यसमा छलफल हुने उनले बताए ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।