फोटो फिचर

सरकारविरुद्ध महावीर पुन सडकमा (फोटो फिचर)

By खबरहब

April 28, 2023

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् ।

कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनलाई युवाहरूले साथ दिएका छन् ।

बिहीबार नै सामाजिक सञ्जालमा आन्दोलनका नारा सार्वजनिक गरेका पुनले शुक्रबार आफ्ना समर्थकसहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको पुनको आरोप छ ।

नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गरेका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराएका थिए ।

न्युजकारखानाबाट