समाचार

पत्रकार बन्जारालाई पक्राउ गरिएकोप्रति महासंघको ध्यानाकर्षण

By खबरहब

April 28, 2023

काठमाडौँ– नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बन्जारा (रमेश) लाई पक्राउ गरिएकोप्रति महासंघले  ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार बन्जारालाई एक महिलाले २०७९ चैत्र ३० गते दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि भनी नियन्त्रणमा लिएको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।

उक्त घटनामा कुनै दबाब र प्रभावबिना घटनाको निष्पक्ष र दोहोरो छानबिन गर्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।