फाइल तस्बिर

राजनीति

सामुदायिक विद्यालयका विद्यार्थीलाई टाई अनिवार्य नगर्न महानगरको पत्राचार 

By खबरहब

April 28, 2023

काठमाडौं– काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाई अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ । 

बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले पठाएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९-१२-२८ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका कुनैपनि कक्षामा टाई अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।’