देश/प्रदेश

नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा सुरु

By खबरहब

April 28, 2023

भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा शुक्रबारदेखि सिटी स्क्यान सेवा थालेको छ ।

करिव ५ करोडको लागतमा मध्यपुर थिमी नगरपालिकाले आफ्नै आन्तरिक रकमबाट खरिद गरी अस्पतालको १५औं वार्षिकोत्सवको अवसर पारेर सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको हो । 

प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले एक कार्यक्रमकाबीच उक्त मेसिनको उद्घाटन गरेका छन् । 

मेसिन सञ्चालनका लागि आवश्यक तयारी गरी केही हप्तादेखि नै पूर्ण रूपमा सञ्चालनमा ल्याउने मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।