सांकेतिक तस्बिर

अपराध

लागूऔषधसहित दुई जना पक्राउ

By खबरहब

May 28, 2023

कञ्चनपुर– कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् । ६ ग्राम ९२ मिलिग्राम लागूऔषधसहित बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय अर्जुन चौधरीसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।