सांकेतिक तस्बिर

अपराध

त्रिनगर ब्यारेलबाट लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

May 28, 2023

धनगढी– कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट २ सय ७० मिलिग्राम लागूऔषधसहित २६ वर्षीय सन्तोष शाही पक्राउ परेका हुन् । उनी धनगढी उपमहानगरपालिका–२ का स्थानीय हुन् ।

शाहीलाई आइतबार दिउँसो प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।