फाइल फोटो

खेलकुद

अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतले जित्यो

By खबरहब

May 28, 2023

काठमाडौँ– भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३-० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो । भारतले काजाकस्तानलाई पहिलो सेट २५-१५ ले जित्यो भने खेलको दोस्रो सेट २५-२२ तथा तेस्रो सेट २५-१८ ले विजयी भयो । 

उक्त प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रह्यो । आजै भएको तेस्रो स्थानको भीडन्तमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै विजयी भएको हो । त्यसैगरी प्रतियोगितामा श्रीलंका पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौ स्थानमा रह्यो । 

 यही जेठ ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो ।