क्रिकेट

विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा

By खबरहब

May 28, 2023

काठमाडौं । आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहितको कप्तानीमा नेपाल नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन् । गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थपिएको छ ।

टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।