ब्रेकिङ स्टोरी

रेशम चौधरीलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम : रास्वपा

By खबरहब

May 28, 2023

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरीको कैद सजाय माफी दिने सरकारको निर्णय पूर्वाग्रही र अन्यायपूर्ण भएको ठहर गरेकाे छ ।

आइतबार साँझा विज्ञप्ति जारी गर्दै रास्वपा प्रवक्ता मुकुल ढकालले चौधरीलाई माफी दिने कदम आममाफीको भावना विपरीत भएको उल्लेख गरेका छन् ।

‘यो आममाफीको शर्त विपरीत मात्र नभई पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ’ विज्ञप्तीमा उल्लेख गरिएको छ । लाल आयोगको प्रतिवदेन यथाशिघ्र सार्वजनिक हुनुपर्ने बताएको रास्वपाले आममाफी मानवअधिकारको उल्लंघन भएको बताएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अजसरमा रेशमको सजाय माफी दिएका थिए ।