फाइल फोटो

देश/प्रदेश

कर्णाली प्रदेशसभामा आजबाट बजेटमाथिको छलफल हुने 

By खबरहब

June 28, 2023

सुर्खेत– कर्णाली प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रदेशसभा भवन सुर्खेतमा बस्न लागेको हो ।

आजको बैठकमा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल सुरु हुनेछ ।

मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । 

आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।