फाइल फोटो

अपराध

छोराको आक्रमणबाट आमाको मृत्यु

By खबरहब

June 28, 2023

परासी– पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ ।

पारिवारिक विवादका क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

बुद्धिरानीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

आमाको हत्या गरेर फरार भएका शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले भनाइ छ ।