अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्रीलाई चीनको निम्तो, अमेरिका सशंकित

By खबरहब

June 28, 2023

जेरुसेलम– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीनले भ्रमणको निम्तो दिएको छ । इजरायलका प्रधानमन्त्री  नेतान्याहुले आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी गराएका छन् ।

नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको भेटमा हिजो यो जानकारी दिएका हुन्। यद्यपि उनले कहिले भ्रमणमा जाने भन्ने बारे केही खुलाएनन् ।

चीनले नेतान्याहुलाई पठाएको यो निमन्त्रणालाई मध्यपूर्वमा चीनको प्रवेश बढाउने प्रयासका रूपमा हेरिएको छ । चीनले अघिल्लो अप्रिलमा कट्टर शत्रुहरू इरान र साउदी अरेबियाबीचको सम्बन्ध पुनर्स्थापना गर्ने सम्झौता पनि गराएको थियो ।

अमेरिकन निकट इजरायललाई चीनको यो राजकीय भ्रमणले अमेरिकालाई भने सशंकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।