देश/प्रदेश

सुनको भाउ २०० रुपैयाँले घट्यो

By खबरहब

June 28, 2023

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनमा आज प्रतितोला २०० रुपैयाँले घटेको छ ।

महासंघले आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । महासंघले आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।