ब्रेकिङ स्टोरी

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

By खबरहब

June 28, 2023

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । 

आज बिहान संसद भवन नयाँबानेश्वरमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले बजेटको पक्षमा मत दिने निर्णय गरेको हो । 

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट पारित गर्नका लागि पेस गर्ने तयारी छ ।

प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।