राजनीति

जनमत पार्टीले बजेटको समर्थन नगर्ने

By खबरहब

June 28, 2023

काठमाडौँ– सीके राउत नेतृत्वको जनमत पार्टीले बजेटलाई समर्थन नगर्ने भएको छ ।

 बुधबार बसेको संसदीय दलको बैठकले बजेट असमान भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष राउतको सचिवालयले जनाएको छ । 

अध्यक्ष राउतको सचिवालयले भनेको छ, ‘गरिबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय आज जनमत पार्टीको संसदीय दलको बैठकले गरेको छ। देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य छैन।’

मन्त्री पदकै लोभमा सरकारलाई समर्थन नदिने पनि जनमत पार्टीले बताएको छ ।