ब्रेकिङ स्टोरी

हामीले ठूला उपलब्धि छाडेर मुर्रा राँगो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौँ : प्रचण्ड

By खबरहब

June 28, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मुख्य विषयभन्दा सहायक विषयले बढी समय लिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् ।

सार्वजनिक बहसको स्तर खस्केको भन्दै उनले चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको पनि आरोप लगाए ।

‘संसदसँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो ।’ उनले भने, ‘भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेकथ्रु भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं ।’

यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे संसद गम्भीर हुन जरुरी रहेको उनले बताए ।