राजनीति

‘बुढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन र शिलान्यास हुन्छ’

By खबरहब

June 28, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन र शिलान्यास हुने जानकारी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले बुढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन र परियोजना शिल्यान्यासको लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । 

उक्त परियोजनालाई अघि बढाउनको लागि यही असार महिनाभित्र कार्यालय उद्घाटन गरिने उनको भनाइ छ । असार महिनाभित्रै बुढीगण्डकी आयोजनाको कामलाई अगाडि बढाउने गरी आयोजनास्थलमा कार्यालय राखिने प्रधानमन्त्री प्रचण्डले भने ।