ब्रेकिङ स्टोरी

प्रतिपक्षी दलद्वारा संसद् बैठक अवरुद्ध

By खबरहब

June 28, 2023

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेसहित प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेका छन् । बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् । 

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गरेका हुन् । मंगलबार अर्थमन्त्री डा प्रकाशशरण महतसँग भएको सहमति कार्यान्वयन नगरी सदन अगाडि बढ्न नसक्ने भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले बताए । 

अहिले प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् ।