फाइल फोटो

राजनीति

न्यायालयलाई आफन्त र कार्यकर्ता भर्ती केन्द्र नबनाउन न्याय परिषद्‌को ध्यानाकर्षण

By खबरहब

June 28, 2023

काठमाडौँ– सर्वोच्च अदालतमा रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले न्यायालयलाई राजनीतिक भर्ती केन्द्र र आफन्तलाई जागिर खुवाउने थलो बनाउने कार्य नगर्न न्याय परिषद्‌को ध्यानाकर्षण गराएको छ। 

सर्वोच्च अदालत विभागीय समितिले एक विज्ञप्ति जारी गर्दै बुधबार जिल्ला, उच्च र सर्वोच्चसम्म नियुक्ति न्यायाधीश हुँदा यसरी भागबन्डा गर्ने कार्य भएमा आफूहरू आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ । 

संगठनका अध्यक्ष हरि भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश एवं परिषद्‌का अध्यक्ष हरिकृष्ण कार्कीको ध्यानाकर्षण गराएका हुन् ।