फाइल तस्वीर

ब्रेकिङ स्टोरी

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई सरकारी वकिलको कार्यालय लैजाँदा यस्तो देखियो (तस्वीरहरु)

By खबरहब

June 28, 2023

काठमाडौँ- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेकाहरूलाई बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले म्याद थपका लागि उनीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय लगेको हो ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्कीलगायत सात जनालाई सीआइबीले मंगलबार पक्राउ गरेको थियो ।