ब्रेकिङ स्टोरी

ललिता निवास प्रकरणका चार आरोपीलाई ७ दिन हिरासतमा राख्न अनुमति

By खबरहब

June 28, 2023

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले आरोपितलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसपी नवराज अधिकारीले बताए ।