सांकेतिक तस्बिर

अपराध

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ

By खबरहब

July 28, 2023

काठमाडौँ– जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् । 

जबरजस्ती करणीको आरोप लागेपछि प्रहरीले उनलाई  त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए । 

पोखरेलमाथि आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।