देश/प्रदेश

विवाहित महिलाले किन लगाउँछन् सिउँदोमा सिन्दुर ?

By खबरहब

August 28, 2023

हामी सबैले देखेका छौँ कि विवाहित महिलाले सिन्दुर लगाएर हिँडेको । सिन्दुरलाई महिलाहरूले आफ्नो सौभाग्य भनेर पनि लगाउने गरेको पाइन्छ । तपाईँलाई पनि महिलाले किन लगाएको होला सिन्दुर जस्तो पक्कै लाग्ला ।

सिन्दुर विवाहित महिलाहरूको लागि महत्त्वपूर्ण कुरा हो । सिउँदोमा सिन्दुर लगाउनु महिलाको विवाह भएको प्रमाण हो । सिन्दुरलाई नेपाली समाजमा दीर्घायु, खुसी र समृद्धिको प्रतीक पनि मानिन्छ । सिन्दुर लगाउनु भनेको धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिकोणबाट पनि धेरै लाभदायक मानिन्छ ।

हाम्रोमा विवाहित महिलाले सिन्दुर लगाउने चलन सदियौँदेखि आएको चलन हो ।  महिलाको १६ शृंगारकाे व्याख्या गर्दा सिन्दुर पनि पर्छ । 

किन लगाइन्छ त सिन्दुर ?  पौराणिक कथाअनुसार सिन्दुर लगाउने महिलाहरूले जति लामो सिन्दुरको धर्को लगाउँछन् उनीहरूको श्रीमानको आयु पनि त्यति नै लामो हुने विश्वास छ । दैनिक रुपमा सिन्दुर लगाउने महिलाको श्रीमानलाई स्वयं माता भवानी पार्वतीले सुरक्षा गर्छिन् भन्ने मान्यता छ ।

धर्मशास्त्र अनुसार सिन्दुर सधैँ नाकको सिधा माथि लगाउनुपर्दछ भनिएको छ । किनकी दायाँ बायाँ लगाउनाले पतिको भाग्य बिगार्दछ ।