खेलकुद

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिख विजयी

By खबरहब

August 28, 2023

काठमाडौँ– जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । गएराति भएको खेलमा एफसी औसबर्गलाई ३–१ गोलले हराउँदै बायर्नले सहज जित निकालेको हो ।

बायर्नका लागि ह्यारी केननले दुई तथा एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । एफसी औसबर्गका लाग डिओन ड्रेना बेइजोले एक गोल फर्काएका थिए ।

घरेलु मैदान एलिन्ज एरिनामा फेलिक्सको आत्माघाति गोलबाट बायर्नले खेलमा अग्रता बनाएको थियो । खेलको ४०औँ मिनेटमा केनले पेनाल्टीमार्फत खेललाई २–० को अग्रता दिलाए ।

त्यसपछि ६९औँ मिनेटमा केनले पुनः गोल गर्दै टोलीलाई ३–० ले अगाडी बढाए । यता ८६औँ मिनेटमा औसबर्गका डिओनले गोल फर्काएर खेललाई ३–१ को अवस्था ल्याए ।

यो जितसँगै ६ अंकका साथ बायर्न दोस्रो स्थानमा रहेको छ ।