ब्रेकिङ स्टोरी

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी

By खबरहब

August 28, 2023

काठमाडौँ– राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बसिरहेको छ ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसिरहेको हो ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्रीहरु, सातवटै प्रदेशका मुख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरु, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतको उपस्थिति रहेको छ ।

बैठकको सुरुमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् ।

बैठकमा ठूला आयोजनाको काममा भइरहेको ढिलासुस्तीको बारेमा छलफल हुनेछ