प्रतिकात्मक तस्वीर

देश/प्रदेश

डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

By खबरहब

August 28, 2023

काठमाडौँ– डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको बेस क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन्।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार आइतबार साँझदेखि उनी सम्पर्कविहीन भएका हुन् ।

 उनले भने ‘उहाँले बडीगार्ड पनि छाडेर हिँड्नुभएको रहेछ। अहिलेसम्म पनि सम्पर्कमा आउनुभएको छैन’। गुल्मपति पण्डितको खोजीमा डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।