फाइल फोटो

देश/प्रदेश

दार्चुलामा ८५ वर्षीया वृद्धाको हत्या

By खबरहब

August 28, 2023

दार्चुला– दार्चुलामा एक वृद्धाको हत्या गरिएको छ।

मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८५ वर्षीया भागरथी चन्दको चक्कु प्रहारबाट हत्या गरिएको  आशंका रहेको प्रहरीले जनाएको छ।

उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको घाउ रहेको छ। टोपालीस्थित घरमा एक्लै बस्दै आएकी चन्द  शनिबारदेखि सम्पर्कविहीन भएको भन्दै आफन्तले आइतबार प्रहरीमा निवेदन दिएका थिए।

उनको शव सोमबार घरभन्दा करिब दुई सय मिटर पर खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। हत्याको कारण र संलग्नको पहिचान खुलेको छैन।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।