आर्थिक

सुनको मूल्यमा १४०० रुपैयाँले गिरावट

By खबरहब

September 28, 2023

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

आयात कोटा बढाउँदा र अन्तर्राष्ट्रिय बजारमै भाउ घट्दा नेपालको बजारमा सुनको मूल्य घटेको हो । बुधबार केन्द्रीय बैंकले सुन आयात कोटा १० किलोबाट २० किलो पुर्‍याउन परिपत्र जारी गरेको थियो । मंगलबारदेखि बिहीबारसम्म सुनको भाउ २६०० रुपैयाँले सस्तिएको छ । 

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले सस्तिएको छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।