खेलकुद

स्पेनिस ला लिगा : जिरोना र बिल्वाओको बराबरी

By खबरहब

November 28, 2023

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना र बिल्वाओले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी गरेका हुन् ।

जिरोनाका लागि भिक्टर सिहानकोभले एक गोल गरेका थिए भने एथलेटिक क्लब बिल्वाओका इनाकी विलियम्सले एक गोल फर्काएका थियो । 

खेलको ५५ औं मिनेटमा सुरुवाती अग्रता लिएको जिरोना ६७औँ मिनेटमा बिल्वाओले फर्काएको गोलसँगै बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

यो बराबरीसँगै जिरोनाको १४ खेलबाट ३५ अंक भएको छ भने २५ अंकसहित बिल्वाओ पाँचौँ स्थानमा छ । यस्तै, ३५ अंक भएको रियल मड्रिड गोल अन्तरका आधारमा शीर्षस्थानमा छ ।