खेलकुद

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि फुल्हमको जित

By खबरहब

November 28, 2023

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा फुल्हम विजयी भएको छ । आज बिहान भएको खेलमा उल्भ्सलाई ३–२ गोलले हराउँदै फुल्हम विजयी भएको हो ।

फुलहमका लागि विलियनले दुई तथा एलेक्स इओबीले एक गोल गरेका थिए भने । उल्भ्सका लागि म्याथ्युज कुन्हा र हवाङ हि चानले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै १३ खेलबाट १५ अंक जोडेको फुल्हम तालिकाको १४औँ स्थानमा उक्लिएको छ । पराजित भएको उल्भ्सको १५ अंक भएपनि गोलअन्तरका आधारमा १२औँ स्थानमा छ । ३० अंक भएको आर्सनल शीर्षस्थानमा छ ।