सांकेतिक तस्बिर

देश/प्रदेश

झापामा लागूऔषधसहित दुईजना पक्राउ

By खबरहब

November 28, 2023

झापा- झापाको चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ । झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरिएको हो ।

भद्रपुरबाट काठमाडौँ आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

इलामको माई नगरपालिका–३ चियाकमानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम तीन सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुदिपकुमार दनुवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।