मनोरञ्जन

‘रङ्गेलीमा’ भगवान् दादा बने अर्पण थापा

By खबरहब

November 28, 2023

काठमाडौं- फिल्म ‘रङ्गेली’ को नयाँ क्यारेक्टर पोस्टरमा अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’ को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको छ ।

‘रङ्गेली’ मा थापाले जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको ‘रङ्गेली’ मा अर्पण, दयाहाङ र मिरुनाको प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।

आगामी फागुन २५ गते महाशिवरात्रिको दिन हुने यस फिल्मको अर्पणको क्यारेक्टर पोस्टर अघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पनि पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो ।

यस फिल्मरका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सहनिर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।