देश/प्रदेश

लप्सीफेदीका स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन

By खबरहब

November 28, 2023

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा स्थानीयले अघि सारेको मागलाई सम्बोधन गर्नुको साटो स्थानीयहरुलाई नै प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको हो ।

लप्सीफेदीमा सबस्टेसन निर्माण गर्ने विषयमा विवाद हुँदै आएको छ । त्यस्तै, सो पार्टीले एमसीसी खारेज गर्नुपर्ने, असमान सन्धी सम्झौता खारेज गर्नुपर्नेलगायतका माग राख्दै नाराबाजीसहित प्रदर्शन गरेको हो ।