अन्तर्राष्ट्रिय

हमासले रिहा गरेका बन्दीलाई स्वदेश फर्काउन थाई विदेशमन्त्री इजरायलमा

By खबरहब

November 28, 2023

जेरुसलेम- थाइल्याण्डका विदेशमन्त्री पार्णप्री बाहिद्या नुकारा रिहा गरिएका बन्धकहरूलाई फिर्ता ल्याउन इजरायल पुगेका छन् ।

उनी युद्धविराम सुरु भएदेखि मुक्त भएका १७ थाई बन्दीलाई स्वदेश फर्काउन इजरायल पुगेका हुन् ।

इजरायलमा रहँदा उनले अक्टोबर ७ मा हमासको आक्रमणमा घाइते भएका तीन जना थाई नागरिकलाई पनि भेट्ने छन् । उनले इजरायलमा कार्यरत अन्य थाई कामदारसँग पनि भेट गर्नेछन् ।

उनी १७ जना बन्धकहरूसहित बिहीबार स्वदेश फर्किने जनाइएको छ ।

थाई अधिकारीहरूले पहिले उपलब्ध गराएको संख्या अनुसार १५ थाई नागरिक अझै पनि हमासको नियन्त्रणमा छन् ।