देश/प्रदेश

कौडा खेलिरहेको अवस्थामा पोखरामा १६ जना पक्राउ

By खबरहब

November 28, 2023

पोखरा- पोखरामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । महागनरपालिका २१ निर्मलपोखरी मैदानस्थित एलाईट रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा रिसोर्टका सञ्चालकसहित १६ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका सञ्चालक पोखरा महानगरपालिका ३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङ समेत १६ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपैयाँ र १६ थान कौडा बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।