देश/प्रदेश

अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ

By खबरहब

November 28, 2023

काठमाडौं- अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ बस्ने ३६ वर्षीय विशाल श्रेष्ठ र ६४ वर्षीया शान्ति श्रेष्ठ रहेका छन् ।

उनीहरुले चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारको लागि अमेरिका पठाइदिन्छु भनी प्रलोभनमा पारेर पटक पटक गरी १५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बानेश्वरबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।