फाइल तस्बिर

खेलकुद

गुलसनसहित यू-१९ एसिया कपका लागि नेपाली टिमको घोषणा

By खबरहब

November 28, 2023

काठमाडौं – यू-१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टिमका नियमित खेलाडी गुलसन झा लाई पनि समावेश गरिएको छ ।

टोलीमा अर्जुन कुमाल, आकास त्रिपाटी, दिपकप्रसाद डुम्रे, हेमन्त धामी, दिपेश कडेल। विशाल केसी सुवास भण्डारी, दिपक बोहरा, उत्तम थापा मगर, बिपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

युएईमा डिसेम्बर ८ देखि सुरु हुने हुने एसिया कप १७ डिसेम्बरमा सकिनेछ ।