खेलकुद

अग्रता जोगाउँन नसक्दा काठमाडौंसँग बराबरीमा रोकियो चितवन

By खबरहब

November 28, 2023

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनले काठमाडौं रेजर्ससँग बराबरी खेलेको छ । आज दशरथ रंगशालामा चितवनले काठमाडौंसँग १-१ गोलको बराबरी खेलेको हो । खेलको अन्तिम समयमा प्राप्त अग्रतालाई जोगाउन नसक्दा चितवनले काठमाडौंसँग अंक बाँडेको हो ।

खेल सकिन ३ मिनेट अघि कोमिलोव तोजिदिनोवको आत्मघाति गोलमा चितवनले खेलमा अग्रता लिएको थियो । चितवनका फरवार्ड बिमल घर्तिमगरको क्रसलाई क्लियर गर्ने क्रममा तोजिदिनोवले आत्मघाति गोल गर्न पुगेका थिए ।

तर इन्जुरी समयमा जुनियर ओग्नगुइन एनकेग्युले डिबक्स लाइनबाट सुन्दर गोल गर्दै काठमाडौंलाई अंक दिलाउन सफल रहे । प्राप्त अंकले काठमाडौंलाई अंक तालिकामा अग्रता लिने अवसर मिलेको छ । काठमाडौंको २ खेलबाट ४ अंक भएको छ । चितवनले लिग तालिकामा एक अंक जोडेको छ ।