खेलकुद

गायकवाडको शानदार शतकमा अष्ट्रेलियालाई भारतको विशाल चुनौती

By खबरहब

November 28, 2023

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा टस हारेर ब्याटिङ गरेको भारतले अष्ट्रेलियालाई जितका लागि २ सय २३ रनको चुनौती दिएको छ ।

भारतको गुहवाटीमा टस हारेर ब्याटिङ गरेको भारतका लागि ओपनर रितुराज गायकवाडले शानदार शतक हाने । उनले नटआउट १ सय २३ रन बनाए । ५७ बल खेलेका गायकवाडले १३ चौका र ७ छक्का प्रहार गरे ।

तिलक बर्माले नटआउट ३१ रन बनाए । एसुबी जयसवाल ६ रनमा आउट हुँदा इसन किसन शुन्य रनमा पभेलियन फर्किए । कप्तान सूर्यकुमार यादव ३९ रनमा आउट भए । अष्ट्रेलियाका केन रिचार्डसनल, जसोन बिहेन्डरोफ र आरोन हार्डइले समान १-१ विकेट लिए ।