अन्तर्राष्ट्रिय

युद्ध, मानव अधिकार हनन् र अपराध

By मनोज घिमिरे

December 28, 2023

दुई महिना अघि नै संयुक्त राष्ट्र संघले एक अध्ययन गरेको थियो। सो अध्ययन अनुसार रुसी महासङ्घ, युक्रेन, बेलारुस, इथियोपिया, इरिट्रिया र बुरुन्डी मानव अधिकार हननमा सबै भन्दा अगाडि रहे। ती क्षेत्रमा प्रशस्त मानव अधिकार हननका घटना भएका छन्।

इथियोपियाका मानव अधिकार विज्ञ कमिसनका संयोजक मोहम्मद चान्दे ओहमानका अनुसार सन् २०२० मा हिंसा सुरु भए यता सबै पक्षबाट मानव अधिकारको हनन् भएका छन्। यो क्रम सन् २०२२ सम्म पनि त्यत्तिकै छ।

सरकार र टिग्रे पिपुल लिबरेसन फ्रन्टको युद्ध विराम हुनुका बाबजुद इरिट्रिया सेना र अमहरा मिलिसियाले लगातार सर्वसाधारणमाथि ज्यादती गरिरहेका छन्। यसरी गरिएको ज्यादतीमा महिला माथिको ज्यादती र यौन हिंसा समेत समावेश छन्। त्यसो त चीनमा पनि सी चिन फिङ राष्ट्रपतिमा निर्वाचित भए लगत्तै उनको विरुद्धमा एक व्यक्तिले सार्वजनिक रूपमै प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा जिरो कोभिड नीतिको नाममा लाखौँ जनालाई अन्याय र अत्याचार गरिएको आवाज उनले उठाएका थिए।

इथियोपियाका मानव अधिकार विज्ञ कमिसनका संयोजक मोहम्मद चान्दे ओहमानका अनुसार सन् २०२० मा हिंसा सुरु भए यता सबै पक्षबाट मानव अधिकारको हनन् भएका छन्। यो क्रम सन् २०२२ सम्म पनि त्यत्तिकै छ।

अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले अफ्रिकन युनियनको कमिसनलाई सोधपुछ र छानबिनको अधिकारलाई निरन्तरता नदिने पनि जनाइ सकेको छ। त्यहाँ विश्वास गर्न लायक अन्तर्राष्ट्रिय निकाय समेत छैनन्। इथियोपियामा पीडितहरूले अन्तर्राष्ट्रिय निकायबाट आएकाहरूबाट समेत अन्यायको महसुस गरेका छन्।

बुरुन्डीको अवस्था भने फरक छ। बुरुन्डीका गुप्तचर, सैन्य निकायका व्यक्ति तथा सत्तारुढ दलका कार्यकर्ताबाट अन्याय भने भइरहेको छ। उनीहरूले मार्ने तथा हिरासतमा राखेर यातना र पीडा दिने काम गरिरहेका छन्।

सन् २०२१ देखि नै राज्य पक्षले हरेक गाउँ विद्रोही भएको शङ्का लागेको भरमा त्यहाँ यातना दिने काम गरिरहेको छ। त्यहाँ राष्ट्रपति एम्बोनेकुरेले आफ्नो पार्टीको यूथ निकायलाई सरकारी सुरक्षा अधिकारीलाई नै झैँ अनुमति दिएका छन्।

अक्टोबर महिनामा नै संयुक्त राष्ट्र सङ्घीय आयोगका एक अधिकारीले रुस युक्रेन युद्धमा मानव अधिकारको उच्च उल्लङ्घन भएको जनाएका थिए। सुरुको ६ महिनाको प्रतिवेदनमा फेब्रुअरी १ देखि जुलाई ३१ सम्मको प्रतिवेदनमा चार हजार ६ सय २१ जना मानव अधिकार हननको सिकार भएका थिए। १ हजार २८ जना मारिए। तीन हजार ५ सय ९३ जना सो समयमा घाइते भएका थिए।

उच्च स्तरीय मानव अधिकार छानबिन आयोगका अनुसार युक्रेनको तर्फबाट पनि मानव अधिकार हन्नका घटना भएका छन्। युक्रेनले पनि आफ्नै सेना माथि छानबिन गर्ने क्रममा यातना पनि दिइएको पाइएको छ।

प्रतिवेदनले के पनि देखाएको थियो भने यसरी धेरै जना निसाना बनाइएको स्थान युक्रेनको भूभागमा नै परेको थियो। युक्रेनको भूभागमा बाट फेब्रुअरीदेखि अक्टोबरको अवधिमा ३५ जना पुरुष र ८ महिलालाई गिरफ्तार गरिएको थियो।

फेब्रुअरीमा युद्ध भए यता भने रुसले १ हजार भन्दा बढीलाई गिरफ्तार गरेको थियो। यस वर्षको मध्यसम्ममा पनि चार सय ६३ जना हिरासतमा नै राखिएका थिए। यी मध्येका ८५ जना मरी सकेको जनाइएको छ।

उच्च स्तरीय मानव अधिकार छानबिन आयोगका अनुसार युक्रेनको तर्फबाट पनि मानव अधिकार हन्नका घटना भएका छन्। युक्रेनले पनि आफ्नै सेना माथि छानबिन गर्ने क्रममा यातना पनि दिइएको पाइएको छ।

सो युद्धको क्रममा थुप्रै स्थानमा यातना गृह बनाइएको छ भने यदाकदा छानबिन गर्ने नाममा हत्या पनि भएको छ। तथापि सन् २०२२ को तुलनामा सन् २०२३ मा मानव अधिकार हनन् तथा यातनाको घटनाका कम भएका छन्।

युद्धको सुरुवातको समयमा नै रुसले आक्रमण गर्दा अस्पताल, प्रसूति गृह र वृद्धाश्रममा पनि आक्रमण गर्न छाडेको थिएन। त्यत्ति मात्र होइन विद्यालयमा हिंसा भएका घटना पनि सार्वजनिक भएका थिए।

यो महिनाको मध्यमा नै अर्धवार्षिक प्रतिवेदन प्रतिवेदन प्रकाशित भएको थियो। सो प्रतिवेदन अनुसार बेलारुसमा यातना पनि त्यत्तिकै दिइएको छ। गिरफ्तारको क्रम पनि त्यत्तिकै छ।

चीनको समस्या त अझ व्यापक छ। चीनमा दुई करोड मुस्लिम छन्। उनीहरूको स्वतन्त्रता त्यहाँको मुख्य समस्या हो। बेइजिङको नियन्त्रणका कारण उनीहरूले धार्मिक स्वतन्त्रता पाएका छैनन्। चिनियाँ सरकारले मस्जिदहरू भत्काउनेदेखि प्रार्थना गरिरहेको व्यक्तिलाई गिरफ्तार गर्दै यातना दिने काम समेत गरेको छ।

अक्टोबर महिनाको अन्त्यसम्ममा एक हजार चार सय जना ७३ जना बेलारुसी न्यूनतम कुराबाट पनि वञ्चित भएका थिए। हिरासतमा उनीहरू माथि दिइने यातना त कुरै छैन।

चीनको समस्या त अझ व्यापक छ। चीनमा दुई करोड मुस्लिम छन्। उनीहरूको स्वतन्त्रता त्यहाँको मुख्य समस्या हो। बेइजिङको नियन्त्रणका कारण उनीहरूले धार्मिक स्वतन्त्रता पाएका छैनन्। चिनियाँ सरकारले मस्जिदहरू भत्काउनेदेखि प्रार्थना गरिरहेको व्यक्तिलाई गिरफ्तार गर्दै यातना दिने काम समेत गरेको छ।

चीनको जीङ जीयाङ प्रान्तमा पछिल्ला वर्षमा भइरहेको ज्यादतीले यस वर्ष पनि निरन्तरता पाएको छ। उत्तर पश्चिमका जीङ जीयाङ सहित क्वीङ घाइ, गान्सुु र निनजीयामा चिनियाँ मुस्लिमको उपस्थिति धेरै छ। निनजीयाको लीवाक्वीयामा रहेका ६ मध्येका तीन मस्जिद त भत्काइएको छ। त्यहाँ रहेको धेरै मस्जिदलाई भत्काएर चिनियाँ शैलीको प्यागोडा बनाउन पनि सुरु गरिएको छ।

मानव अधिकार हननको घटना धेरै हुने देशमा उत्तर कोरिया, अफगानिस्तान र म्यानमार पनि रहेका छन्। दुई वर्ष अघि आङ साङ सुकीको शासन व्यवस्था भङ्ग भए यता म्यानमारमा भएको प्रदर्शन दबाउने क्रममा पनि यस्तै ज्यादती भएका थिए।

यसरी मानव अधिकार हननको घटना धेरै हुने देशमा उत्तर कोरिया, अफगानिस्तान र म्यानमार पनि रहेका छन्। दुई वर्ष अघि आङ साङ सुकीको शासन व्यवस्था भङ्ग भए यता म्यानमारमा भएको प्रदर्शन दबाउने क्रममा पनि यस्तै ज्यादती भएका थिए। जुन ज्यादती यस वर्ष कम भइसकेको छ। यो ज्यादती धेरै जसो सैन्य शासन भएको तथा युद्ध जारी भएको देशमा नै धेरै छ। स्रोतः मानव अधिकार रिपोर्ट, मानव अधिकार प्रेस,स्प्रिङ ९६, बिबिसी