खेलकुद

इंग्लिस प्रिमियर लिग : चेल्सीले हरायो क्रिस्टल प्यालेसलाई

By खबरहब

December 28, 2023

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई खेलको ८९औँ मिनेटमा नोनी माडुएकेले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै जित दिलाएका थिए ।

यसअघि चेल्सीका लागि खेलको १३औँ मिनेटमा मिखाइलो मुड्रिकले सुरुवाती गोल गरेका थिए । यस्तै, खेलको ४५औँ मिनेटमा क्रिस्टल प्यालेसका लागि माइकल ओलिसेले गोल फर्काउँदै बराबरी गरेका थिए । तर अन्तिममा माडुएकेको गोलसँगै चेल्सी २–१ गोलले विजयी भयो ।

यो जितसँगै चेल्सी १९ खेलबाट २५ अंक जोडेर १०औँ स्थानमा रहेको छ । जारी सिजनमा चेल्सीको यो सातौँ जित हो । पराजित भएको क्रिस्टल प्यालेस १८ अंकसहित १५औँ स्थानमा छ ।